धनुषामा गाडीको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
धनुषाधाम नगरपालिका-६ मालटोलस्थित पूर्वपश्चिम सडकमा ना १ ज ७०४९ नम्बरको गाडीले ठक्कर दिँदा साइकलमा सवार एकजनाको मृत्यु भएको हो।
दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा मिथिला नगरपालिका-४, पुष्प वलपुरका ६० वर्षीय बिन्दे साह रहेका इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।
दुर्घटनामा ३३ वर्षीय विमल मण्डल गम्भीर घाइते भएका छन्।
गएराति उक्त गाडीले सुरुमा सडक छेउमा रोकी राखिएको ना ६ ख ३२९९ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। त्यसपछि गाडीले पूर्व दिशाबाट साइकलमा आउँदै गरेका दुईजनालाई समेत ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थियो।
घाइते मण्डलको सोही अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया