नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को दोस्रो पूर्ण बैठक काठमाडौँमा जारी छ। पार्टीको राष्ट्रिय महाधिवेशनपछि भएको दोस्रो पूर्ण बैठकमा यसअघिको कार्यविभाजनको समीक्षा गरी नयाँ कार्यविभाजन हुनेछ।
साथै सबै खाले भ्रष्टाचारविरुद्ध सबै तहमा संघर्ष संचालन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचित तर पूर्ण समानुपातिक संसदको लागि जनपरिचालन गर्ने, राष्ट्रिय गौरबका आयोजनाहरु छिटो सम्पन्न गर्नको लागि दबाब सिर्जना गर्ने, बैंक, वित्त, रोजगार, वैदेशिक रोजगार, सहकारी, शिक्षा, तथा स्वास्थ्य क्षेत्रका समस्याहरूबारे संघर्ष संचालन गर्ने, मजदुर, किसान, महिला, दलित लगायत जनवर्गहरूको समस्याहरूबारे संघर्ष संचालन गर्ने, स्थानीय स्तरका मुद्धाहरू स्थानीय तहले पहिचान गरी अभियान संचालन गर्ने र राजनितिक समिति गठन गर्ने लगायतका प्रस्ताव पेस गरिएका छन्। बैठक आज र भोलि हुनेछ।
Shares

प्रतिक्रिया