खेल


टीबी शाह यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई

टीबी शाह यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई

तस्बिरः नेपाल क्रिकेट संघ


दिनेश बुढा
जेठ ३१, २०८२ शनिबार १५:६, काठमाडौँ

टीबी शाह स्मृति यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार भएको अन्तिम खेलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेसले उपाधि हात पारेको हो। 

पहिलो पटक कर्णालीमा भएको १६ वर्षमुनीको टीबी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो ऐतिहासिक उपाधि जित्न सफल भएको हो।

 टस हारेर पहिला ब्याटिङको निम्ता पाएको बागमतीले निर्धारित ५० ओभरको खेलमा जम्मा ३३ ओभर मात्र खेल्दा आप्mनो सबै विकेट गुमाउँदै १ सय १२ को सामान्य स्कोर बनायो।

बागमतीका लागि ओपनरद्धय सूर्यांशु कोईरालाले ७ बलमा १० जोड्दा प्रशिद्ध जैसी २५ रन बनाउँदै रन आउट भए।

परिमर्जन यादवको बलमा सन्तु मण्डललाई क्याच थमाउँदै तेश्रो नम्बरका ब्याटर जोय थापा ६ रन जोडेर डगआउट फर्किँदा सलमान अली मुसलमानबाट बोल्ड हुँदै चौथो नम्बरका शिवशक्ति महतो जम्मा २ रनमा आउट भए।

२३ बलमा ४ रन जोडेका अभी थपलिया सलमानको बलमा सन्तु मण्डलबाट क्याच आउट भएपछि बागमति धरापमा परेको थियो।  

मिडल अर्डरका रोहित ठाकुरले ४६ बलमा २२ तथा आशिष गुप्ताले १७ रन जोडे। 

रोहन यादवले रोहितलाई एलबीडब्ल्यू तथा आशिषलाई बोल्ड गर्दै पवेलियन फर्काएपछि बागमती ब्याटिङ लाईनपनि खस्किदै गयो।

त्यसपछिका ब्याटरमध्ये राजेश बोहोरा १ तथा कमल शाहीले नटआउट ४ रन जोडेपनि सुशील सावँद र आसिक थापा रित्तो हात डगआउट फर्किन बाध्य हुँदा बागमतिले २१ रन अतिरिक्त पायो।

यस्तै, जवाफी ब्याटिङ उत्रिएको मधेसका लागि उपाधि दिलाउन ओपनर आयान मुखियाले ३३ बलको सामना गर्दै नटआउट २२ तथा पाँचौ अर्डरका सन्तु मण्डलले २२ बलमा ४३ रनको महत्वपूर्ण योगदान दिए।

आयानसंगै ओपनिङमा आएका सुशान्त सिंह १५ बलमा १२ रन बनाए। परिमर्जन यादवले ४ रन र माहि यादवले ४ रन बनाएर आउट भए। 

नेपाल क्रिकेट संघ (क्यान)को मुख्य आयोजना, कर्णाली प्रादेशिक क्रिकेट संघको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट संघको व्यवस्थापनमा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेशका टीमहरुको सहभागिता थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad