प्रतिनिधिसभाको बैठक सरेको छ। दिउँसो ३ बजेका लागि तय भएको बैठक दलहरूबीच सहमति नहुँदा साँझ ५:३० बजेसम्मलाई सरेको संसद् सचिवालयले जनाएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता दाबी गर्दै विपक्षी दलहरूले उनको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आइरहेका छन्।
सदन अवरोध जारी राख्ने भएपछि आज सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए। त्यसपछि सत्तापक्ष र विपक्षी दलका नेताहरूबीच छलफल जारी छ।
कांग्रेस-एमाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताउँदै आएका छन् भने प्रतिपक्ष गृहमन्त्रीको राजीनामालाई नै बटमलाइन नै बनाउँदै आएका छन्।

381
Shares

प्रतिक्रिया