पोल्यान्डका मुख्य प्रशिक्षक मिचल प्रोबियर्जले राजीनामा दिएका छन्।
लेवान्डोस्कीले सन् २०१४ देखि पोल्यान्डको कप्तानी सम्हालिरहेका थिए। लेवान्डोस्कीले १ सय ५८ खेलमा ८५ गोल गर्दै पोल्यान्डका कीर्तिमानी गोलकर्ता बनेका छन्। लेवान्डोस्कीको स्थानमा प्रशिक्षक प्रोबियर्जले पिओटर जिलिन्स्कीलाई कप्तान बनाएका थिए।
विश्वकप छनोटमा मंगलबार फिनल्यान्डसँग २–१ ले पराजित भएपछि प्रोबियर्सले राजीनामा दिने निर्णय गरेका हुन्।
कप्तानबाट हटाएपछि पोल्यान्डका कीर्तिमानी गोलकर्ता लेवान्डोस्कीले छाडे राष्ट्रिय टोली
उनले भने, ‘म यो निष्कर्षमा पुगेको छु कि वर्तमान परिस्थितिमा राष्ट्रिय टोलीको भलाईका लागि सबैभन्दा राम्रो निर्णय भनेको मैले प्रशिक्षकबाट राजीनामा दिनु हो।’
५२ वर्षीय प्रोबियर्सले सन् २०२३ को सेप्टेम्बरमा टोलीको प्रशिक्षण सम्हालेका थिए।
उनले टोली सम्हालेपछि युरो कप २०२४ मा उनको टोली समूहको पुछारमा रहँदै बाहिरिने पहिलो टोली बनेको थियो।
उनको प्रशिक्षणमा २१ खेलमा नौ खेलमा जित, पाँच खेलमा बराबरी र सात खेलमा हार व्यहोरेका थिए।
Shares

प्रतिक्रिया