राजनीति


सिंहदरबारमा प्रचण्ड र माधव नेपालबीच के कुराकानी भयो?

सिंहदरबारमा प्रचण्ड र माधव नेपालबीच के कुराकानी भयो?

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १५:२१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ। 

दुई नेताबीच सिंहदरबारमा छलफल भएको हो। अध्यक्ष नेपाल र अध्यक्ष दाहालबीच सिंहदरबारमा पछिल्ला समसामयिक राजनीतिक, अख्तियारको मुद्दा, संसदको अवरोधका विषयमा छलफल भएको नेताहरूले बताएका छन्।   

उनले आफूविरुद्ध अख्तियारको मुद्दाका विषयमा प्रधानमन्त्रीले बोलिसकेको भन्दै आक्रोश पोखे। 

सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'अख्तियारको विषयमा केही छैन। प्रधानमन्त्रीकै कुरा आइसकेको छ।'

नेपालले ओलीले अख्तियारमार्फत आफूमाथि प्रतिशोध साँधेको आरोप लगाएका थिए। ओलीले अख्तियार प्रयोग हुने संस्था नभएको जवाफ फर्काएका थिए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad