राजनीति


न्युटनभन्दा पहिल्यै गुरुत्वाकर्षणबारे हाम्रा भाष्कराचार्य बोलेका थिए: प्रधानमन्त्री ओली

न्युटनभन्दा पहिल्यै गुरुत्वाकर्षणबारे हाम्रा भाष्कराचार्य बोलेका थिए: प्रधानमन्त्री ओली

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १७:५१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताएका छन्। राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई मंगलबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरूले संसारको जुनसुकै विश्वविद्यालयमा गएर प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरे।

'नेपाल ज्ञानको भूमि हो। शैव र विश्वामित्रजस्ता पुरानो सभ्यता भएको मुलुक हो। विश्वको पहिलो आयुर्वेदाचार्य चरक ऋषि यही देशका हुन्। न्यूटनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउनुअघि हाम्रा भाष्कराचार्यले ‘सिद्धान्त शिरोमणि’ पुस्तक विसं.१२१० मा निकालेका थिए', कुलपति ओलीले भने, 'पूर्वीय दर्शन अन्धविश्वासमा आधारित हो भन्ने भ्रम दिन खोजिएको छ, त्यो सही छैन। यो त सिद्धान्त हो। अनुभूति, अनुभव र ज्ञानको संग्रहबाट सिद्धान्त बन्छ भन्ने आधारमा यो दर्शन रहेको छ। यस दर्शनका हिमायतीहरू विश्वमा कमजोर हुन सक्दैनन्।'

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई मिहिनेत गरेमा सफलता हात लाग्ने र रुचिको विषय पढ्ने अवसर प्राप्त भएमा हरेक विद्यार्थीले आफूभित्रको सम्भाव्यता प्रस्फुटित गराउने सक्ने बताए। 'तपाईंहरूले यहाँ पाउनुभएको ज्ञान र दीक्षाका आधारमा संसारको जुनसुकै विश्वविद्यालयमा प्रतिस्पधार्मा जान सक्नुहुन्छ,' ओलीले थपे, 'तपाईंहरूमा म पठित छु भन्ने घमण्ड होइन, मानवता र करुणाको भावना हुनुपर्छ। विद्याले विनयशीलता विनयशीलताले राम्रो पात्रता, पात्रताले धन  र धनले सुख दिन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad