राजनीति


सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस, एक अझै खाली

सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस, एक अझै खाली

मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्ति सिंह थापा


नेपालखबर
जेठ २७, २०८२ मंगलबार १७:५५, काठमाडौँ

न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस गरेको छ। जसमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल पहिलो नम्बरमा सिफारिसमा परेका छन्। 

उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापा पनि सर्वोच्चको न्यायाधीश सिफारिसमा परेका छन्।  

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षमा मंगलबार बसेको न्याय परिषद्को बैठकले यो निर्णय गरेको हो।

अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन्।

वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पनि हुन्। उनी व्यावसायिक तथा वाणिज्य कानुनका विज्ञ मानिन्छन्।

पौडेल विशेष अदालतमा छँदा धेरै भ्रष्टाचार अभियुक्तका पक्षमा फैसला गरेका कारण चर्चामा आएका न्यायाधीश हुन्। उनी विशेष अदालतका अध्यक्ष छँदा अस्वाभाविक मात्रामा भ्रष्टाचार मुद्दाका अभियुक्तले सफाइ पाएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलन नै गरेर असन्तुष्टि जनाएको थियो।  

सर्वोच्चमा ४ न्यायाधीश पद खाली भए पनि अहिले ३ जना मात्रै नियुक्तिका लागि सिफारिस भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad