राजनीति


बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भयो संसद् बैठक

बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भयो संसद् बैठक

नेपालखबर
जेठ २६, २०८२ सोमबार १७:१६, काठमाडौँ

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलले सदन सञ्चालनमा अवरोध गरेका हुन्। 

आजको बैठक दिउँसो २ बजे बस्ने कार्यसूची थियो। तर डेढ घण्टा ढिलो सुरु भएको बैठक पाँच मिनेटमै ३० मिनेटका लागि स्थगित भएको थियो। बैठक सुरु भएको जानकारी  सभामुख देवराज घिमिरेले जानकारी गराएसँगै विपक्षीहरूले उठेर टेबुल ठोक्दै विरोध जनाएपछि उनले स्थगित भएको सूचना पढेका थिए। 

तर बैठक ३० मिनेटपछि नबसी बुधबार दिउँसो १ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ।  

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउनुपर्ने विपक्षीको माग छ भने सत्तापक्ष यसका लागि तयार भएको छैन। 

वैशाख १३ गतेदेखि विपक्षीले यही माग राख्दै सदन अवरोध गर्दै आएका छन्। उनीहरूले जेठ १५ गते भने बजेट पेस गर्न दिएका थिए। त्यसपछि बैठक जेठ १९ गते बसेको थियो। उक्त बैठक र त्यसयताका सबै बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आइरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad