राजनीति


समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैन : वामदेव गौतम

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैन : वामदेव गौतम

नेपालखबर
जेठ २५, २०८२ आइतबार १८:५८, काठमाडौँ

राष्ट्रिय सभा सदस्य बामदेव गौतमले समाजवाद घोषणा गर्न अब ढिला गर्न नहुने बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले मुलुकमा समाजवाद घोषणा गर्ने समय भइसकेको बताए। 

समाजवादको बाटोमा हिँडे मात्रै समृद्ध बन्न सकिने जिकिर गर्दै समाजवादको बाटोमा अगाडी बढ्ने काम गर्नुपर्नेमा जोड दिए।
  
‘समाजवाद घोषणा गर्ने बेला भयो, ढिला गर्नुहुँदैन,’ गौतमले भने, ‘त्यही बाटोमा हिँड्नुपर्छ हामी समृद्ध हुन्छौँ। अरू बाटोबाट हामी गरिबको गरिब, गरिब जनतालाई ठग्ने नेता, त्यो भन्दा अरू हुँदैन। भ्रष्टाचार नगरी नेता बाँच्दैन, नेताले चुनाव जित्न पनि सक्दैन, केही न केही गर्नैपर्छ, राज्यलाई केही न केही धोका दिनै पर्छ। त्यस्तो बाटोमा लैजाने गरी आज जुन व्यवस्था भएको छ, त्यो व्यवस्था सबैलाई भ्रष्टाचार गर्न लगाउने व्यवस्था हो। यसलाई परिवर्तन गर्नुपर्छ। परिवर्तन गरेर अगाडी जाने काम गरौँ। अभाव केही छैन नेपालमा, सबै चिज नेपालभित्रै छ।’ 

उनले संविधानमा समाजवाद लेखिए पनि कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad