खेल


स्कटल्यान्डले दियो नेपाललाई जितका लागि ३२४ रनको विशाल लक्ष्य

स्कटल्यान्डले दियो नेपाललाई जितका लागि ३२४ रनको विशाल लक्ष्य

नेपालखबर
जेठ २५, २०८२ आइतबार १९:२३, काठमाडौँ

कप्तान रिचि बेरिङटनको शतकमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डविरुद्ध जितका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले ३२४ रनको कीर्तिमानी लक्ष्य पाएको छ। 

स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २३ रनको योगफल तयार पारेको हो। 

छैटौँ विकेटका लागि कप्तान बेरिङटन र माइकल लिस्कले नेपालविरुद्ध १ सय २३ रनको कीर्तिमानी साझेदारी गरे। कप्तान रिची बेरिङटनले सर्वाधिक १ सय २ रन बनाउँदा रन आउट हुन पुगे। उनले १ सय १४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। 

विष्फोटक ब्याटिङ गरेका माइकल लिस्क ९६  रनमा नटआउट रहे। लिस्कले ६२ बलमा १२ चौका र ३ छक्का प्रहार गरे। ९ बलमा ३ छक्का प्रहार गरेका मार्क वाट २१  रनमा नटआउट रहे। 

ओपनर चार्ली टियरले ६८ रन थपे। ६५ बलमा ९ चौका सहयोगमा ६८ रन बनाएका चार्ली ललित राजवंशीको बलमा बोल्ड आउट भए। 
फिन्ले म्याक्रिथ १७ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे। ब्राडोम म्याकमुलेन ५ रनमा करण केसीको बलमा कट एण्ड बोल्ड हुन पुगे। 

अर्का अ‍ोपनर जर्ज मुन्से शून्य रनमा नै पेभेलियन फर्के। पावर प्लेमा राम्रो सुरुवात गरेको नेपालले २० ओभरपछि नेपालका लागि करण केसी र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट लिए। ललित राजवंशीको नाममा एक विकेट रह्यो। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad