राजनीति


३२ वर्षे उमेर हद लागुपछि अनेरास्ववियुको पहिलो महाधिवेशन आजदेखि

३२ वर्षे उमेर हद लागुपछि अनेरास्ववियुको पहिलो महाधिवेशन आजदेखि

अनेरास्ववियुको महाधिवेशनस्थल। तस्बिर : विष्णु रिजाल


नेपालखबर
जेठ २५, २०८२ आइतबार १३:४७, काठमाडौँ

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ महाधिवेशन आज (जेठ २५, आइतबार) काठमाडौँमा सुरु हुँदै छ।

अनेरास्वियुमा ३२ वर्षे उमेर हद लागु भएपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो। 

त्रिभुवन विश्वविद्यालयमा आयोजित महाधिवेशनको उद्घाटन आज प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्दै छन्। 

अनेरास्वियुका वर्तमान अध्यक्ष समिक बडालका अनुसार महाधिवेशनले अनेरास्वियुको नयाँ नेतृत्व चयन गर्दै संगठनको नीति तथा कार्यक्रम पनि तय गर्नेछ।

३२ वर्षे उमेर हद लागु भएसँगै नेतृत्वका दाबेदार मानिएका १५ जना पदाधिकारी प्रतिस्पर्धाबाट बाहिरिने भएका छन्। अब अनेरास्ववियुको नेतृत्व सचिव तहमा आउने देखिएको छ। 

वर्तमान महासचिव नरेश रोकाया, उपाध्यक्षहरू नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरीलगायतले अध्यक्षमा उठ्न नपाउने भएका हुन्।

अनेरास्ववियु महावधिवेशन उद्घाटन समारोह

यस्तै हाल सचिव रहेकाहरू दीपक धामी, सुजन कडरिया, अञ्जना शिवाकोटी, आरती भट्टराई, प्रकाश पौडेललगायतले अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका हुन्। 

त्यसो त एमाले अध्यक्ष ओलीले नेतृत्व चयन सकेसम्म सहमतिमा गर्न निर्देशन दिएका छन्। तर यो खबर तयार पार्दासम्म सहमति जुटेको छैन।

अनेरास्ववियु महावधिवेशन उद्घाटन समारोह

यही जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा ३२ वर्ष उमेर हद लागु गर्ने निर्णय गर्दै परिपत्र गरेको हो। 

यसअघि नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारीले ३२ वर्षे उमेर हद लागु गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad