राजनीति


माधव नेपालबारे गगन थापा: अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन

‘सरकारले जनताको मन जित्नेगरि काम गर्नुपर्छ’
माधव नेपालबारे गगन थापा: अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १२:७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले त्यस विषयमा कुनै टिप्पणी नगर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा बताए।

कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै उनले हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रान सदस्यता नवीकरण एवं  छिनोफानो गर्नुपर्नेमा जाेड दिए

कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने  उनकाे भनाई थियाे। थापाले सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिएको दाबी गरे।

महामन्त्री थापाले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने र हाल भइरहेका कामको समीक्षा हुनुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad