राजनीति


नागरिकता विधेयकमा केके गर्ने हो गरौँ, तर चाँडो पास गरौँ: गृहमन्त्री लेखक

नागरिकता विधेयकमा केके गर्ने हो गरौँ, तर चाँडो पास गरौँ: गृहमन्त्री लेखक

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १२:९, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीसम्बन्धी विधेयक ड्राफ्ट भइसकेको बताएका छन्। शुक्रबार सिंहदरबारकमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको विषय सम्बोधन गर्न छुट्टै विधेयक आवश्यक हुने बताए।

गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनानुसार राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको नागिरकता दिइने उनको भनाइ छ। उनले विभिन्न मन्त्रालयमा राय, परामर्शका लागि पनि विधेकय गइसकेको र सरकारले चाँडै मन्त्रिपरिषद्को सहमतिका साथ सदनमा लैजाने बताए।

उनले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक छिटो टुंग्याउन पनि आग्रह गरे। नागरिकता विधेयक टुंगिएसँगै विभिन्न पीडामा रहेका नागरिकको समस्या समाधान हुने उनको भनाइ छ।

'सबै खालका नागरिकता जिल्लाले दिइरहेको छ भने नेपाली आमाबाट जन्म भई नेपालमा नै स्थायी बसोवास गरेको बाबुको ठेगाना नभएको वा बेपत्ता भएको अथवा सहयोग नगरेको मानिसलाई किन मन्त्रालयले दिने ? अरू सबै नागरिकता जिल्लाले दिने, त्यो चाहिँ मन्त्रालयले दिने भन्ने हुँदैन, यसलाई जिल्लामा पठाउनुपर्छ,' उनले भने।

उनले अगाडि थपे, 'यसका लागि नियमावली संशोधन गर्ने कुरामा पनि हामी अघि बढेका छौँ। काठमाडौंमा मन्त्रालयमा भएका फाइल पनि सबै जिल्ला पठाउने हो। यो विधेयकलाई चाँडो पास गरौँ। जेजे गर्ने हो गरौँ तर चाँडो पास गरौँ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad