राजनीति


पार्टी दबाबका कारण गृहमन्त्रीको राजीनामा आएन : माओवादी सांसद सापकोटा

पार्टी दबाबका कारण गृहमन्त्रीको राजीनामा आएन : माओवादी सांसद सापकोटा

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १७:२९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने अडानमा प्रतिपक्षी दलहरु कायम रहेको बताएका छन्।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद उनले गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनको सुनिश्चितता नगरेसम्म संसदको कारबाही अगाडि बढ्न नदिने जिकिर गरे।

‘गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न सक्दैन भन्ने हाम्रो पूर्ववत् अडान कायमै छ,’ सापकोटाले भने, ‘यसमा हामी थप के स्पष्ट पार्न चाहन्छौँ भने हाम्रो मुख्य चासो छानबिन गर्नुपर्‍यो भन्ने हो। यो एउटा सामान्यमात्र विषय नभई राष्ट्रिय मुद्दाको रुपमा स्थापित भइसकेको छ। यसको निष्पक्ष छानबिन गर्ने र सत्यतथ्यलाई सार्वजनिक गरेर जनताका बीचमा ल्याउनुपर्छ।’

सांसद सापकोटाले गृहमन्त्रीले गृहमन्त्री व्यक्तिगतरुपमा राजीनामा दिन तयार भए पनि उनको पार्टी कांगेसले रोकिरहेको दाबी गरे। उनले भने, ‘गृहमन्त्रीजी व्यक्तिगत रुपमा राजीनामा दिनको लागि तयार भएको जस्तो पाउँछौँ हामी तर गठबन्धन र उहाँको पार्टीले राजीनामा नदिन भनिराखेको जस्तो बुझिन्छ।’  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad