राजनीति


गृहमन्त्रीसहित ओली, देउवा र प्रचण्ड छलफलमा

गृहमन्त्रीसहित ओली, देउवा र प्रचण्ड छलफलमा

नेपालखबर
जेठ १९, २०८२ सोमबार १६:४५, काठमाडौँ

संसद्‍मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको छलफल जारी रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्। 

साथमा गृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, महेन्द्रराय यादव, देव गुरुङ, हितराज पाण्डे पनि उपस्थित छन्।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनका लागि तयार हुनुपर्ने प्रमुख विपक्षी दल माओवादी केन्द्रसहितका विपक्षी दलको माग छ। उनीहरुले यसै विषयलाई लिएर संसद् अवरोध समेत गर्दै आएका छन्।

अवरोध हटाउने प्रयासका लागि प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकसहितका नेताहरुसहित छलफल आयोजना गरेका हुन्।

माओवादी केन्द्र लगायतका विपक्षी दलहरू गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा छन् भने प्रधानमन्त्री ओलीले संसद्को अवरोध अब सहन नसकिने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad