राजनीति


भण्डारीलाई ५० मतले पछि पार्दै थपलिया बने एमालेनिकट बुद्धिजीवी परिषद्को अध्यक्ष

भण्डारीलाई ५० मतले पछि पार्दै थपलिया बने एमालेनिकट बुद्धिजीवी परिषद्को अध्यक्ष

बुद्धिजीवी परिषद्को अध्यक्षमा निर्वाचित गजेन्द्रप्रसाद थपलिया (ढाका टोपी)


नेपालखबर
जेठ १९, २०८२ सोमबार ११:५, काठमाडौँ

नेकपा एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्रप्रसाद थपलिया विजयी भएका छन्।

यही जेठ १८ गते काठमाडौँको टोखारोडमा सम्पन्न परिषद्‌को ११औँ राष्ट्रिय अधिवेशनअन्तर्गत भएको चुनावमा प्रतिस्पर्धी दीपेन्द्र भण्डारीलाई हराउँदै थपलिया अध्यक्ष चुनिएका हुन्। 

आइतबार भएको निर्वाचनमा विजयी थपलियाले १५४ मत पाउँदा पराजित भण्डारीले १०४ मत मात्र पाए।

थपलिया धादिङ सिद्धलेक गाउँपालिका परेवाटारका बासिन्दा हुन्। थपलिया नेकपा एमालेको सहरी विकास विभाग सचिवसमेत हुन्।

यही जेठ १७ र १८ गते भएको अधिवेशनले थपलियाको नेतृत्वमा बुद्धिजीवी परिषद्को ९९ सदस्यीय कार्यसमिति चयन गरेको हो।

उपाध्यक्षमा गोविन्दबहादुर शाही र राधा अधिकारी चयन भएका छन्। भने महासचिवमा डा दीपेन्द्र श्रेष्ठ निर्विरोध चुनिए।

यस्तै उपमहासचिवमा सुशीले बीके, तीजना सचिवमा क्रमश डा. अर्जुनकुमार सिंह, डा. लाक्पा शेर्पा, डा. टीका ढकाल र कृष्णकुमार लम्साल चुनिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad