नवलपरासी पूर्वमा आज बिहान स्कुल भ्यान र एम्बुलेन्स आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। यो दुर्घटनामा अरु पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली–२ दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान आपसमा ठोक्किएका हुन्।
बुटबलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहरबाट दुम्कौलीतर्फ जाँदै गरेको दिब्य एकेडेमी बोडिङ स्कुल केउरेनीको बा.२० च ७२ नम्बरको स्कुल भ्यान आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा स्कुल भ्यानका चालक देवचुली नगरपालिका-१ का ५२ वर्षीय कुलप्रसाद सुबेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा एम्बुलेन्समा सवार रुपन्देहीको बुटवल गोलपार्कका ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राई र सोही ठाउँका २५ वर्षीया स्नेहा परियार तथा भ्यानमा सवार देवचुली–१७ का १० वर्षीया आयुसा गौतम र ६ वर्षीया सोखनिया रोक्का घाइते भएका छन्।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया