राजनीति


कोरोना संक्रमणले च्यापेपछि बेलायती प्रधानमन्त्री जोन्सन रातारात अस्पताल भर्ना

कोरोना संक्रमणले च्यापेपछि बेलायती प्रधानमन्त्री जोन्सन रातारात अस्पताल भर्ना

नेपालखबर
चैत २४, २०७६ सोमबार ०:४४,

कोरोना भाइरसको संक्रमण भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना भएका छन्।

१० दिनअघि कोरोना संक्रमण पुष्टि भएका बेलायती प्रधानमन्त्री जोन्सन ज्वरोलगायत यसका लक्षण कम नभएपछि अस्पताल भर्ना भएका हुन्।

बेलायती सञ्चारमाध्यमका अनुसार उनी पुनः स्वास्थ्य परीक्षणका लागि आइतबार राति लन्डनस्थित अस्पताल भर्ना भएका हुन्।

डाउनिङ स्ट्रिटद्वारा जारी विज्ञप्तिमा भनिएको छ- चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ।

कोरोना भाइरसको संक्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रूपमा चालिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

चिकित्सकको परामर्शअनुसार उनी अस्पताल भर्ना भएको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सरकारको जिम्मेवारी प्रधानमन्त्रीले जाेन्सनले नै सम्हालिरहेका छन् तर सोमबर बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने अनुमान गरिएकाे छ। 

गत मार्च २७ तारिख कोरोना भाइरसको संक्रमण पुष्टि भएयता प्रधानमन्त्री जोन्सनले निवासमै बसेर सरकारी काम सम्हालिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad