समाज


कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक, कस्तो छ विश्वभर पछिल्लो अवस्था?

कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक, कस्तो छ विश्वभर पछिल्लो अवस्था?

नेपालखबर
चैत २४, २०७६ सोमबार ०:५५,

संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ। गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ४७ सय २८ जनाको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार ४ सय १८ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। यो सोमबार बिहान सवा ६ बजेसम्मको तथ्यांक हो।

आइतबार कोरोनाका ७१ हजार ३ सय ६५ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख ७२ हजार ८ सय ४८ पुगेको छ।

अहिलेसम्म कोरोना संक्रमित २ लाख ६१ हजार ४ सय ८५ जना उपचारपछि निको भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। अहिलेसम्म विश्वका २०८ देशमा यसको संक्रमण फैलिसकेको छ।

अमेरिकामा आइतबार कोरोना संक्रमणबाट ११ सय ६४ जनाको मृत्यु भएको छ। २५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३ लाख ३६ हजार ६ सय ६१ पुगेको छ। संक्रमणबाट अहिलेसम्म ९ हजार ६ सय १५ जनाको मृत्यु भएको छ।

अमेरिकापछि आइतबार स्पेनमा धेरैको मृत्यु भएको छ। स्पेनमा हिजो एकै दिन ६ सय ९४ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म संक्रमणबाट १२ हजार ६ सय ४१ जनाको मृत्यु भइसकेको छ।

यूकेमा आइतबार एकैदिन कोरोना संक्रमणबाट ६ सय २१ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या ४७ हजार ८ सय नाघेको छ भने मृतकको संख्या ४९ सय ३४ पुगेको छ।

इटालीमा आइतबार ५ सय २५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार ८ सय ८७ पुगेको छ। संक्रमितको संख्या १ लाख २९ हजार पुग्न लागेको छ।

त्यसैगरी आइतबार फ्रान्समा ५ सय १८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या ८ हजार नाघेको छ।

त्यसैगरी आइतबार कोरोना संक्रमणबाट जर्मनीमा १४०, इरानमा १५१, बेल्जियममा १६४, नेदरल्यान्डमा ११५, टर्कीमा ७३, स्वीटजरल्यान्डमा ४९, क्यानाडामा ४९ जनाको मृत्यु भएको छ।

छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७ पुगेको छ। हिजो एकै दिन त्यहाँ १८ जनाको मृत्यु भएको छ। अर्को छिमेकी देश चीनमा आइतबार यसको संक्रमणबाट कसैको पनि मृत्यु भएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad