ad ad

राजनीति


सुदूरपश्चिम प्रदेशमा क्वारेन्टिन अवधि अब २१ दिन

सुदूरपश्चिम प्रदेशमा क्वारेन्टिन अवधि अब २१ दिन

नेपालखबर
चैत २३, २०७६ आइतबार १५:६,

सुदूरमश्चिम प्रदेशमा कोरोना संक्रमण आशंका गरिएका व्यक्तिलाई अब क्वारेन्टिन अवधि २१ दिन तोकिएको छ।

त्यस प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या ४ पुग्नाका साथै यो संक्रमण दोस्रो चरण (स्थानीय व्यक्तिमा सरेको) प्रवेश गरेकाले क्वारेन्टिन अवधि १४ दिनबाट बढाएर २१ दिन पुर्‍याइएकाे हो।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार प्रदेशवासीका नाममा सम्बोधन गर्दै हाल १४ दिने क्वारेन्टिनमा बसिरहेकाहरू अब २१ दिनसम्म बस्नुपर्ने बताएका हुन्।

सुदूरपश्चिम प्रदेश कोरोना भाइरस महामारीकाे उच्च जोखिममा परेकोले त्यसलाई रोक्न प्रदेश सरकार गम्भीरतासाथ तयारीमा लागेको मुख्यमन्त्री भट्टकाे भनाइ छ। 

उनका अनुसार कोरोना भाइरसको संक्रमणबाट प्रदेशवासीलाई जोगाउन प्रदेश सरकारका सबै संयन्त्र परिचालन गरिएको छ भने कोष खडा गरेर सरकारका तर्फबाट ४० करोड जम्मा गरिएको छ।

कोरोना संक्रमणसम्बन्धी उपचारका लागि सेती प्रादेशिक अस्पताल (धनगढी)लाई विशेष अस्पताल घोषणा गर्दै मुख्यमन्त्री भट्टले महाकाली प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयलाई कोरोनाको उपचार व्यवस्थापनका लागि आवश्यक रकम व्यवस्था गरिएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .