राजनीति


प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखकबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखकबीच बालुवाटारमा छलफल

नेपालखबर
जेठ १४, २०८२ बुधबार १०:४६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई साथमा लिएर  प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार गएका छन्।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग देउवा र गृहमन्त्री लेखकको छलफल चलिरहेको बालुवाटार निकट स्रोतले जनाएको छ। 

गृहमन्त्री लेखकको राजीनामाको माग राखी विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला सत्तापक्षका नेताहरू बिहानै छलफलमा जुटेका हुन्।

विपक्षीको अवरोधकै कारण हिजो अर्थमन्त्रीले आर्थिक सर्वेक्षणसमेत संसदमा प्रस्तुत गर्न सकेनन्। भोलि संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुपर्नेछ।

गृहमन्त्री लेखकका निकस्थ उच्च अधिकारीहरू भिजिट भिसा प्रकरणमा अनुसन्धानमा तानिएपछि त्यसमा नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्ने र स्वतन्त्र छानबिनका लागि सघाउनुपर्ने माग विपक्षी दलहरूको छ।

नेपाली कांग्रेसले भने मातहत कर्मचारी अनुसन्धानमा तानिँदैमा मन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ। 

प्रधानमन्त्री ओली एवं नेकपा एमाले भने यस विषयमा कांग्रेसले नै निर्णय गरोस् भन्ने पक्षमा देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad