काठमाडौँसहित देशका आधा दर्जन भन्दा धेरै सहरमा आज वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज काठमाडौँ, ताप्लेजुङ, जिरी, पोखरा, दाङ, डडेलधुरा लगायतका शहरमा हल्का पानी पर्ने सम्भावना छ।
आज सबैभन्दा बढी तापक्रम नेपालगञ्जमा (३८ डिग्रीसम्म) पुग्न सक्ने अनुमान महाशाखाको छ।
त्यसैगरि सबैभन्दा कम तापक्रम आज राति जोमसोममा मापन हुने आँकलन महाशाखाले गरेको छ। त्यहाँको तापक्रम ११ डिग्रीसम्म पुग्ने देखिन्छ।
कहाँकाे तापक्रम कति? हेर्नुस् महाशाखाकाे पूर्वानुमान

246
Shares

प्रतिक्रिया