राजनीति


मानव अधिकार आयोगका सिफारिसको  कार्यान्वयन न्यून

मानव अधिकार आयोगका सिफारिसको  कार्यान्वयन न्यून

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १७:४, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कार्यान्वयनका लागि आयोगले सरकारलाई गरेका सिफारिसहरु कार्यान्वयन नभएको बताएका छन्।

आयोगको २५ औँ वार्षिकोत्सव समारोहमा मंगलबार आयोजित कार्यक्रममा उनले कारबाहीका लागि गरिएका सिफारिस धेरै कार्यान्वयन नभएका बताए। उनले आयोगबाट गरिएका सिफारिस कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाउनसक्ने विचार व्यक्त गरे।

नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग मानव अधिकार अन्योन्याश्रित सम्बन्ध रहेको र विचार तथा अभिव्यक्तिको स्वतन्त्रतालाई शान्तिपूर्ण तरिकाले प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए।

अध्यक्ष मगरले  सशस्त्र द्वन्द्वका बेला भएका मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरुको न्याय र परिपूरण सबैको सरोकार, चिन्ता र जिम्मेवारीको विषय भएकाले राज्यका निकायहरुले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए।

चालु आर्थिक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी ५८ वटा उजुरी दर्ता भएका छन्। आयोग २०५७ जेठ १३ गते स्थापना भएको स्मरणमा प्रत्येक यसै दिन स्थापना दिवस मनाउने गरिएको छ।

आयोगले ‘जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दिगो शान्ति र समृद्धिको आधार’  नाराका साथ २५ औँ वार्षिकोत्सव मनाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad