राजनीति


रविबारे सर्वोच्चको फैसलालाई कानुनी रूपमा मात्रै स्वीकार गर्ने रास्वपाको निर्णय

रविबारे सर्वोच्चको फैसलालाई कानुनी रूपमा मात्रै स्वीकार गर्ने रास्वपाको निर्णय

फाइल तस्बिर


नेपालखबर
जेठ १०, २०८२ शनिबार १९:२९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारीको रकम दुरुपयोगबारे पार्टी सभापति रवि लामिछाने हकमा सर्वोच्च  अदालतले गरेको फैसलालाई कानुनीरुपमा मात्रै स्वीकार गर्ने निर्णय गरेको छ। 

शनिबार बसेको रास्वपा सचिवालयको ‘भर्चुअल’ बैठकले सर्वोच्चको आदेश स्वीकार गरे पनि कम्पनी ऐन अनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडेर तथ्यहीन तर्कको आधारमा निर्णय भएको टिप्पणी भने गरेको छ। 

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सम्मानित सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानुनी रूपमा स्वीकार गर्दछौं,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘तर सहकारीको बोर्डमा रहेका, सहकारी वचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐन अनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशंकाको यथेष्ट सम्भावना रहेकोमा हाम्रो सरोकार र चिन्ता रहेको छ।’

त्यस्तै रास्वपाले अदालतबाट न्याय पाइन्छ भन्ने जनविश्वास कमजोर नबनोस् भन्नेप्रति समेत सचेत गराएको छ। विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहँदा अदालतबाट न्याय पाइन्छ भन्ने जनविश्वास कमजोर नबनोस् भन्नेप्रति समेत चिन्ता व्यक्त गर्दछौं।'

सर्वोच्च अदालतले शुक्रबार बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामै राख्ने तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad