गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे आफूले प्रतिनिधिसभामा जेठ १३ गते जवाफ दिने बताएका छन्।
शनिबार धनुसाबाट काठमाडौँ फर्किएका लेखकले त्रिभुवनविमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफूले संसद्मै यसबारे विस्तृत बताउने उल्लेख गरे।
‘यो बारेमा म विस्तृत कुरा १३ गते सम्मानित सदन प्रतिनिधिसभामा बोल्नका लागि मैले समय मागिसकेको छ,’ लेखकले भने, ‘सबै विस्तृत कुरा त्यहाँ बोल्ने छु।’
गृहमन्त्री र उनका सचिवालयमाथि ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागिरहेको छ। गृहमन्त्री लेखकले यसबारे नियोजित प्रचारबाजी भइरहेको टिप्पणी समेत गरे।
आफूलाई कसैले दोषी प्रमाणित गरे या भएमा आफूले राजनीतिबाटै राजीनामा दिने उनको भनाइ छ।
‘भिजिट भिसाको बारेमा मात्रै होइन, मेरो सार्वजनिक, राजनीतिक जीवनमा एउटा मात्रै आर्थिक अनियमितता भएको प्रमाणित गर्छ भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु,’ लेखकले भने।
Shares

प्रतिक्रिया