राजनीति


भिजिट भिसा प्रकरणमा सुमनाको आक्रोश: तपाईंलाई नर्क पनि प्राप्त हुन्न होला

भिजिट भिसा प्रकरणमा सुमनाको आक्रोश: तपाईंलाई नर्क पनि प्राप्त हुन्न होला

फाइल तस्बिर: सांसद सुमना श्रेष्ठ


नेपालखबर
जेठ १०, २०८२ शनिबार १९:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले भिजिट भिसा प्रकरण मानव तस्करी भएको टिप्पणी गरेकी छन्। 

सांसद श्रेष्ठले शनिबार साँझ सामाजिक सञ्जालमा लेख्दै भिजिट भिसा प्रकण आफ्नै छोरा छोरीहरूलाई अनजान ठाउँमा बेच्ने कुकार्य भएको बताएकी हुन्। 

यसलाई रोक्नुको साटो आफ्नो भाग खोज्नेहरूलाई उनले कडा शब्दमा आलोचना गरेकी छन्। 

‘यो भिजिट भिसा प्रकरण हैन, मानव तस्करी हो। आफ्नै छोरा छोरीहरूलाई, अनजान ठाउँमा बिना कुनै श्रम अधिकार संरक्षण पठाउने, त्यो ‘मूल्य’ तोकेर किन्ने विदेशीहरू र यस्तो विषयमा रोक्नुको सट्टा आफ्नो लागि भाग खोज्ने तपाईंहरू सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली, तपाईंलाई नर्क पनि प्राप्त हुन्न होला’, उनले लेखेकी छन्, ‘माथिको आशीर्वाद नभई यो सम्भव हुँदैन भन्ने अनुसन्धान अधिकृतको कुरा छ, सहसचिवलाई माथिको आशीर्वाद ककसको हो?’

त्यसो त यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत नाम जोडिएको छ।

आफ्नै पार्टी कांग्रेसका नेताले समेत राजीनामा माग्न थालेपछि लेखकले गृह मन्त्रालयका तर्फबाट आजै साँझ विज्ञप्ति जारी गराई त्यसमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad