राजनीति


राजीनामा दिएर अनुसन्धानमा सघाउन गृहमन्त्री लेखकलाई कांग्रेस नेता कोइरालाको सुझाव

राजीनामा दिएर अनुसन्धानमा सघाउन गृहमन्त्री लेखकलाई कांग्रेस नेता कोइरालाको सुझाव

नेपालखबर
जेठ १०, २०८२ शनिबार १३:१, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेका छन्।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री लेखकलाई सुझाव दिएका हुन्।

यस क्रममा कोइरालाले विगतमा केही मन्त्रीले राजीनामा दिएर छानबिनमा सघाएको स्मरण पनि गृहमन्त्री लेखकलाई गराए।

‘रमेशजीको कुरा उठेपछि नैतिकताका आधार राजीनामा दिएर छानबिन गर्नुस् तपाईँहरू भने भइहाल्यो नि! गृह मन्त्रालय त उहाँकै अन्डरमा छ नि त’, नेता कोइरालाले भने, ‘उहाँले नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस् गर्नुहोस् भने भइहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको समेत संलग्नता रहेको आरोप लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad