नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरु नगण्य रहेको बताएका छन्।
पार्टीमा यस्ता व्यक्तिहरु धेरै कम रहेको भन्दै उनले स्व. रेग्मीले हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेको उल्लेख गरे। ‘उहाँ अत्यन्तै त्यागी, कुनै किसिमको लोभ लालच नभएको व्यक्ति हो,’ देउवाले भने, ‘धेरै कम कांग्रेसीहरु यस्ता छन्। सच्चा मानेमा नेपाली कांग्रेसको हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेका छन्। उहाँलाई पछि भेट्न पाइनँ मलाई दुःख लागिरहेको छ। उहाँ अत्यन्तै समर्पित साथी हो। त्यस्ता साथीहरु हाम्रो पार्टीमा नगण्य छन् भनेपनि हुन्छ।’
Shares

प्रतिक्रिया