राजनीति


नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १५:५३, काठमाडौँ

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान गरिएको छ। समूहका संयोजक एवं रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जेठ १२ गते दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति हलमा बस्ने गरी बैठक बोलाएका हुन्। 

नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा दुई देशका सांसदहरूबीच आपसी समन्वय र सहयोग विस्तार गर्ने उद्देश्यले बैठक आयोजना गरिएको संयोजक श्रेष्ठले बताए।

मैत्री समूहमा विमलेन्द्र निधि, सुशीला थिङ, भगवती न्यौपाने, सुहाङ नेम्वाङ, माधव सापकोटा, पशुपति शम्शेर जबरा र सीके राउत सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad