सोमबार (जेठ १२ देखि) सुरु हुने सहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता २०२५ को तयारी पूरा भएको छ।
शहिद स्मृति स्पोर्टस एकेडेमीको आयोजना तथा नेपाल रग्बी संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुनेछ।
प्रतियोगितामा ५ प्रदेश र २ विभागीय टोली गरि सात टोलीले स्पर्धा गर्नेछन्। प्रतियोगितामा कोसी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब सहभागी हुनेछन्। लिग कम नकआउटको आधारमा हुने खेलमा ७ टोलीलाई २–२ पोलमा विभाजन गरिनेछ।
प्रतियोगिता सम्पन्न गर्न १९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। एकेडेमीबाट ११ लाख तथा बाँकी रकम संघले दिने प्रतियोगिता संयोजक दीपक अधिकारीले जानकारी दिए।
खेलाडीहरुका लागि १ लाख २५ हजार बराबरको खेल दुर्घटना बिमा गरिएको संघले बताएको छ।
प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँ पाउनेछन्।
Shares

प्रतिक्रिया