राजनीति


सर्वोच्चमा रविका कानुन व्यवसायीको प्रश्न- मुख्य योजनाकार जीबी राई, मुद्दाचाहिँ रविलाई?

सर्वोच्चमा रविका कानुन व्यवसायीको प्रश्न- मुख्य योजनाकार जीबी राई, मुद्दाचाहिँ रविलाई?

वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ


नेपालखबर
जेठ ८, २०८२ बिहिबार १५:४१, काठमाडौँ

रवि लामिछानेका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले अनुसन्धान नै नगरी रविमाथि मुद्दा चलाइएको बताएका छन्। 

आफूलाई थुनामुक्त गर्न माग गर्दै रविले दायर गरेको निवेदनमा बहस गर्दै बिहीबार श्रेष्ठले यसअघि महान्यायाधीवक्ताको कार्यालयले नै लामिछानेमाथि कुनै अनुसन्धान नभएको र उजुरी पनि नपरेको भनि पत्र नै दिएको स्मरण गराएका हुन्।  

 'महान्यायाधिवक्ताको कार्यालय भन्छ अनुसन्धान नै गरिएको छैन। अनुसन्धान नै नगरी थप वा पुरक अभियोजनका लागि सरकारी वकिलले निर्देशन दिनुपर्नेमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयनको नाममा प्रहरी स्वयम्‌ सक्रिय भयो। राज्यको बद्‌नियत यहाँ देखिन्छ' बिहीबार बहसमा श्रेष्ठले भने।   

यस्तै  संसदीय विशेष समितिको प्रतिवेदने मुख्य योजनाकार र जिम्मेवार जीबी राईलाई देखाए पनि उनलाई हालसम्म पनि पक्राउ नगरिएको तर रविलाई भने बद्‌नियतपूर्ण रुपमा थुनामा राखिएको 
श्रेष्ठले दाबी गरे। 

'संसदीय विशेष समितिको प्रतिवेदने मुख्य योजनाकार जिम्मेवार जीबी राईलाई देखाएको छ। अनि मुद्दा चाहिँ रविलाई?' इजलासमा श्रेष्ठले सोधे। 

उनले थपे, 'प्रतिवेदन भन्छ पैसा लैजान रविको कुनै भूमिका छैन, खर्चको हकमा एउटा संस्थाको सञ्चालक हुँदा त्यो पनि अध्यक्षले ल्याएको पैसा चेक काटेको हो। २ पटकगरी एक करोड ८१ लाख रुपैयाँको चेक गोरखा मिडियाको नाममा काटिएको छ। तर, उच्च अदालतको थुनछेक आदेशमा रविकै योजना, जानकारी र सक्रियतामा यो सब भनिएको छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad