राजनीति


दुर्गा प्रसाईंसहित ५६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंसहित ५६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
जेठ ८, २०८२ बिहिबार १५:५२, काठमाडौँ

तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंसहित ५६ जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न थप दुई दिन म्याद थप भएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजालसले प्रहरीको अनुरोधमा म्याद थप गरिदिएको हो।

चैत १५ गते तीनकुनेमा गरिएको राजावादीको प्रदर्शनका जनकमान्डर प्रसाईँलाई तोकिएको थियो। 

प्रदर्शन हिंसात्मक बन्दा २ जनाको ज्यान गएको थियो। प्रदर्शनकारीहरूले त्यसवरपरका निजी तथा सार्वजनिक संरचनामा तोडफोड, आगजनी र लुटपाट गरेका थिए।  

प्रहरीले यस घटनामा संलग्नहरूमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाउने तयारी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad