राजनीति


स्वास्थ्य बिमा विस्तार गर्न नसके राज्यले उपचारको दायित्व वहन गर्न सक्दैनः मन्त्री पौडेल

स्वास्थ्य बिमा विस्तार गर्न नसके राज्यले उपचारको दायित्व वहन गर्न सक्दैनः मन्त्री पौडेल

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १५:१९, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रम बिस्तार गर्न नसके उपचारको क्षेत्रमा राज्यले दायित्व वहन गर्न नसक्ने बताएका छन्।

नर्सिङ् तथा सामाजिक सुरक्षा महाशाखाले गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वर्षेनी सर्ने तथा नसर्ने रोगीको संख्या बढ्दा गएकाले अब उपचारको दायित्व लिन सक्ने अवस्था नभएको बताएका हुन्।

‘नयाँ रोगको जोखिम बढ्दै गएको छ, वर्षेनी बिरामीको संख्या बढ्दै गएको छ, अब राज्यले उपचारको जिम्मा लिन सक्दैन्,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बिमा कार्यक्रम बढाउन सकिएन भने बिरामीको उपचार गर्न नसक्ने अवस्था छ।’

स्वास्थ्यमन्त्री पौडेलले उपचारमा राज्यले बहन गर्न सक्ने एउटा मात्र उपाय स्वास्थ्य बिमा कार्यक्रम भएको जनाए। उनले स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्न स्वास्थ्य मन्त्रालयले मात्र नसक्ने बताए।

‘स्वास्थ्य बिमाको जिम्मा सरकारले नै लिनु पर्छ। स्वास्थ्य मन्त्रालयले मात्र स्वास्थ्य बिमा कार्यक्रम लागू गराउन सक्दैन्’ मन्त्री पौडेलले भने।

उनले थपे, ‘स्वास्थ्यमा राज्यको बजेटको ४ प्रतिशत मात्र बजेट लगानी हुन्छ। स्वास्थ्यमा बजेट नै कम छ, वर्षेनी बिरामी बढ्दै छन्, अब तोकिएका रोगहरूको पनि निशुल्क उपचार गराउन सँकिदैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad