फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले कोरोना भाइरसविरुद्धको व्यवस्थापन सोचेजस्तो राम्ररी गर्न नसकिएको बताएकी छन्।
खासगरी हेलसिंकीको विमानस्थलमा व्यवस्थापन राम्रो नभएको बुधबारको पत्रकार सम्मेलनमा उनले स्वीकार गरिन्।
हजारौँ यात्रुलाई आइसोलेसनमा बस्ने या नबस्ने भन्ने विषयमा स्पष्ट निर्देशन दिन सरकार चुकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
‘सूचना प्रवाह र सहकार्य जसरी हुनुपर्थ्यो, त्यसरी हुन सकेन,’ मरिनले भनिन्।
फिनल्यान्डमा हालसम्म १४ सयभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने १७ जनाको ज्यान गएको छ।
गत डिसेम्बर महिनादेखि पद सम्हालेकी मरिन विश्वकै कान्छी प्रधानमन्त्री हुन्। एजेन्सी
3
Shares
प्रतिक्रिया