ad ad

राजनीति


ओली र प्रचण्डबीच छलफलपछि स्वास्थ्य सामग्री ठेक्का रद्दको निर्णय

ओली र प्रचण्डबीच छलफलपछि स्वास्थ्य सामग्री ठेक्का रद्दको निर्णय

नेपालखबर
चैत १९, २०७६ बुधबार १४:२५,

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार अपरान्ह डेढ घण्टा छलफल भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच भएको छलफलपछि सरकारले विवादास्पद स्वास्थ्य सामग्री ठेक्का रद्द गर्ने निर्णय भएको खुमलटार स्रोतको दाबी छ।

स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता बुधबार साँझ रद्ध गरेको थियो। सो कम्पनीको ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको छ।

ती सामग्री खरिदमा बजारको भन्दा चर्को मूल्य राखी अनियमितता गरिएको आरोप लागेको छ।

ओली र प्रचण्डबीच दिउँसो करिब डेढ घण्टा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘दुई अध्यक्षहरुबीचको भेटमा सामान्य छलफल भयो,’ थापाले भने।

तर सो भेटमा दुवै अध्यक्षबीच चीनबाट खरिद गरिएको स्वास्थ्य उपकरण तथा औषधिसम्बन्धी विवादबारे छलफल भएको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्।

‘दुवै अध्यक्षबीच दार्चुला लगायत भारतीय सीमामा नेपाली रोकिएको विषय, लकडाउनमा गरिब, किसान, मजदूर र विपन्न वर्गलाई राहत र व्यवस्थापनको विषयमा पनि छलफल भयो,’ दाहालले भनिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .