ad ad

समाज


उपमेयरले बाँडिन् आफ्नै खर्चमा विपन्नलाई खाद्यान्न

उपमेयरले बाँडिन् आफ्नै खर्चमा विपन्नलाई खाद्यान्न

नेपालखबर
चैत १९, २०७६ बुधबार १५:२०,

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले आफ्नै खर्चमा नगरपालिकाका अति विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेकी छन्।

दैनिक ज्यालादारी गर्ने, एकल महिला र विपन्न वर्गका २५ परिवारलाई बुधबार खाद्य सामग्री घरमै पु¥याइदिएको उनले बताइन्।

प्रदेश र केन्द्र सरकारले तथ्यांक संकलन गर्नु भनेपनि स्थानीय तहमा राहत पठाएको छैन। एक सातादेखिको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खानेहरुलाई समस्या हुन थालेको छ।

‘रोग र भोकले मान्छेहरु आत्तिन थाले, सरकारी राहत कहिले आउने हो। नगरपालिकाको श्रोत छैन, त्यही भएर व्यक्तिगत रुपमा भएपनि सहयोग गरेकी हुँ,’ उपमेयर राईले भनिन्।

उनले परिवारको संख्या हेरेर प्रतिपरिवार ३० केजीसम्म चामल दिएकी छन्। चैत महिनामा विदेशबाट फर्किएकाहरुलाई घरमै गएर स्वास्थ्य जाँच गरिएको थियो।

चैत महिनामा हलेसीतुवाचुङका २९ जना विभिन्न देशबाट फर्किएका थिए। जिल्लाबाहिरबाट आउने नागरिकको पनि तथ्यांक संकलन भइरहेको छ। नगरपालिकामा कोरोना संक्रमितका लागि ४३ बेड क्वारन्टिन तयार गरिएको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .