राजनीति


शिक्षकसँगको वार्ता प्रभावित पार्न माओवादी नेता आन्दोलनमै गएर नाचगान गरे : बर्तौला

शिक्षकसँगको वार्ता प्रभावित पार्न माओवादी नेता आन्दोलनमै गएर नाचगान गरे : बर्तौला

फाइल तस्बिर


नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १८:४७, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षी दलहरुले शिक्षक आन्दोलनलाई राजनीतिक प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका छन्।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्षी दलले शिक्षकहरूसँग जारी वार्ता प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसद्भित्र राजनीति गर्न खोजेको आरोप लगाए।

‘शिक्षकहरुसँग बन्दै गएको वार्ताको वातावरण वा निष्कर्षउन्मुख भएको अहिलेको विषयवस्तुलाई फेरि पनि संसद्भित्र ल्याएर राजनीति गर्न खोज्ने जुन प्रयत्न उहाँहरु गर्न खोज्दै हुनुहुन्छ, त्यसप्रति हामी दुःख व्यक्त गर्न चाहान्छौँ,’ बर्तौलाले भने, ‘आज मात्र होइन हिजो पनि उहाँहरुले सडक नछोड्न अभिव्यक्ति दिनुभयो। शिक्षक साथिहरुलाई उत्तेजित र उत्प्रेरित गर्नुभयो। पवित्र पेशागत हितको लागि आयोजना गरिएको शिक्षक महासंघको आन्दोलनलाई प्रमुख प्रतिपक्षीले राजनीतिक रङ दिनको लागि कयौं पटक मेहेनत गर्‍यो।’

उनले थपे, ‘गएर नाचगान गर्न थाल्ने, भड्काउने र अहिले संसद्‍मा पनि यही विषय ल्याएर उहाँहरुले अप्ठ्यारो पार्ने र वार्ता निष्कर्षमा नपुगोस् भन्नको लागि उहाँहरुले अभिव्यक्ति दिनुभएको छ।’

सरकार शिक्षकका जायज मागहरु पुरा गर्न गम्भीर रहेको उल्लेख गर्दै उनले वार्ता प्रक्रियामा व्यवधान नपुर्‍याउन समेत विपक्षी दलहरुलाई आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad