नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरले वीरहरूले बलिदानी दिएर प्राप्त गरेको लोकतान्त्रि गणतन्त्रलाई सिध्याइदिन्छु भन्ने दुःसाहस नगर्न राजावादीहरूलाई चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले विभिन्न प्रलोभनमा दुई/चार हजार मान्छे जम्मा पारेर तोडफोड, आगजनी र लुटपाट गर्दैमा व्यवस्था नपल्टिने बताए।
यदि कसैले तोडफोड, लुटपाट र आगजनी गर्दैमा व्यवस्था पल्टाइदिने कुरा गर्छ भने त्यो जत्तिको अराजनीतिक मान्छे अरु कोही नहुने उनको जिकिर छ।
उनले अराजनीतिक मान्छेबाट व्यवस्थालाई कुनपनि चुनौती नरहेको समेत दाबी गरे।
प्रमुख सचेतक घिमिरेले भने, ‘आज एकाएक समाजमा जन्मिएका नेपाली समाजले पत्याउन पनि नसकेको एउटा झुण्डले यो देशमा बलिदानी वीरहरुले लोकतान्त्रिक गणतन्त्रलाई मिति तोकेरै सिध्याइदिन्छु भन्ने दुस्साहस नगरेपनि हुन्छ। आन्दोलन गर्ने विषय कति कठिन छ त्यो त गरेकाहरूलाई नै थाहा छ। बच्चा जन्माउनुको पीडा बच्चा जन्माएकी आमालाई मात्रै थाहा हुन्छ। चैत १५ गतेझै विभिन्न प्रलोभनमा दुईरचार हजार मान्छे जम्मा पारेर तोडफोड, आगजनी र लुटपाट गर्दैमा कसैले व्यवस्था पल्टाइदिन्छु भन्छ भने त्यो जति अराजनीतिक मान्छे कोही पनि हुदैन।’
उनले नेपाली कांग्रेस स्थिरताको पक्षमा दृढतापूर्वक उभिने पक्षमा रहेको बताए। अहिले सरकार ढल्ने भनेर भइरहेको चर्चामा कुनै सत्यता नरहेको उनको जिकिर छ।
Shares

प्रतिक्रिया