समाज


शिक्षामन्त्रीसँग वार्ता गर्न महासंघ अध्यक्ष सुवेदीको नेतृत्वमा २५ जनाको टोली सिंहदरबारमा

शिक्षामन्त्रीसँग वार्ता गर्न महासंघ अध्यक्ष सुवेदीको नेतृत्वमा २५ जनाको टोली सिंहदरबारमा

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १५:१७, काठमाडौँ

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत शिक्षकबीच आज वार्ता हुने भएको छ। शिक्षामन्त्री रघुजी पन्तले आज वार्तामा बोलाएपछि शिक्षक महासंघका पदाधिकारी वार्ताका लागि मन्त्रालय पुगेका छन्।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा २५ जना वार्तामा सहभागी हुँदैछन्।

महासंघको नेतृत्वमा सबै शिक्षक संघ स‌ंगठनका प्रतिनिधि वार्तामा सहभागी हुन लागेका अखिल नेपाल शिक्षक संघका अध्यक्ष एवम् वार्ता टोलीका सदस्य सानोभाइ कार्कीले जानकारी दिए।

मन्त्रालयले शिक्षकहरूलाई तीन बजे वार्ताका लागि बोलाएको हो।

वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त आफैँ सहभागी हुँदैछन्।

सर्वोच्च अदालतले बुधबार तीन दिनभित्र विद्यालयमा फर्किने वातावरण बनाउन निर्देशन दिएको थियो। 

शिक्षामन्त्री पन्तले संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेका थिए।  

निरन्तर संवाद तथा छलफलपछि सामूहिक रुपमा समाधानको उपाय खोज्न पनि वार्ता गर्नुपर्ने उनको भनाइ छ।  

शुक्रबारको प्रतिनिधिसभा बैठकअघि शिक्षामन्त्री पन्तले देशको बजेट र सीमाभित्र रहेर समाधान खोज्न आफू तयार रहेको बताएका थिए। संविधानको सीमाभित्र, ऐन कानुन र देशको बजेटले भ्याउने सीमाभित्र रहेर समाधान खोज्न तयार रहेको जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad