नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा गुटभन्दा पनि गिरोह बनेको भन्दै आपत्ति जनाए। लोकतन्त्र दिवसको सन्दर्भमा आयोजित आजको लोकतन्त्र अवसर र चुनौती विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै थापाले नेताहरूलाई महाधिवेशन लागिसकेको विषयमा आपत्ति जनाएका हुन्।
'पार्टीमा गुट होइन गिरोह बनेको छ। तल्लो तहसम्म बनेको छ। गुट भए आफू हुने, नभए नहुने भइसक्यो। तर समस्या यहाँ तल जरामा हो छियाछिया पारेका छौँ,' उनले भने,'तर, मूल कुरा छोडेर सबैलाई अहिले नै अधिवेशन लागेको छ। नभनेका मात्रै हुन् मुखले।'
उनले अहिले नेताहरूको ७० प्रतिशत समय अधिवेशनको नाममा खर्च भइरहेको पनि बताए। थापाले काठमाडौँ बस्यो महामन्त्री भनेर गाली गर्ने र जिल्ला जाँदा महाधिवेशनको तयारी गर्यो भनेर टिप्पणी गर्न थालिएकोमा आपत्ति जनाए।
हाम्रा आधारभूत कुरा पूरा हुने अवस्था नभए सरकारबाट बाहिरिन्छौँ: गगन थापा
'हाम्रै पनि ७० प्रतिशत समय अधिवेशनमा गएको छ। काठमाडौँ बस्यो महामन्त्री भएर काठमाडौँ बस्ने भन्छन्। बाहिर गयो ऊ अहिल्यै अधिवेशन लागिसक्यो भन्न थालियो,' उनले भने, 'हामी, अधिवेशन, चुनावभन्दा धेरै ठूलो कुरा हो नि कांग्रेस। अहिले हामीलाई को चुनाव लड्ने, को मन्त्री हुने भनेर त्यो कुरामा हामीलाई थकाइयो। योबाट बाहिर निस्कनुपर्छ कांग्रेस।'
उनले अबको एक वर्ष केके गर्ने भन्नेबारे कांग्रेस स्पष्ट हुनुपर्ने पनि बताए। 'छोडिदिनूस् मिसन ०८४ हारे हारौँला, जिते जितौँला। लोकतन्त्र बचाउन भरोसा दिलाउने गरी पार्टी बनाउनुपर्नेछ' उनले भने।
उनले शिक्षकका मागको विषयमा पनि कांग्रेसको धारणा स्पष्ट भएको दाबी गरे। 'शिक्षकको कुरा आयो कांग्रेस क्लियर छ। तर, माफी चाहन्छौँ- संसद्बाट हुनुपर्ने कुरा ढिलो भयो दोषको हिस्सेदार हौँ,' उनले भने, 'शिक्षकका विषयमा सरकारले लोभलालचा नराखी मन्त्रिपरिषद्बाट हुने निर्णय जति गर्नुपर्यो।'
Shares

प्रतिक्रिया