राजनीति


हाम्रा आधारभूत कुरा पूरा हुने अवस्था नभए सरकारबाट बाहिरिन्छौँ: गगन थापा

‘हाम्रो शीर्ष नेतृत्व वैधानिक छ तर, अवैध छ’
हाम्रा आधारभूत कुरा पूरा हुने अवस्था नभए सरकारबाट बाहिरिन्छौँ: गगन थापा

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १६:३२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान राजनीतिक नेतृत्व अवैध भएको बताएका छन्। लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले शीर्ष नेतृत्व वैधानिक भएर पनि अवैध भएको बताएका हुन्। 

'शीर्ष नेतृत्व वैधानिक छ। तर वैध छैन। वैध र वैधानिक हुने कुरा फरक हो।'

उनले शीर्ष नेतृत्व चुनाव जितेर आएर वैधानिक भए पनि उनीहरू अहिलेको लोकतन्त्रमा समस्या भएको बताए। 

'हामी लडेर आएका छौँ, जितेर आएका हौँ भन्नुहुन्छ। हाम्रोमा लिगेसीको ठूलो प्रभाव छ। टेक्निक्ली, लिगल्ली वैधानिक छ तर विश्वास टुटिसकेको अवैध छ। यो आजको लोकतन्त्रको ठूलो समस्या हो' उनले भने।  

अहिले देशमा असन्तुष्टि र बेचैनी बढिरहेको भन्दै यसको कारण पनि पुराना नेता भएको थापाको भनाइ छ। 

'असन्तुष्टि र बेचैनी के कारणले बढिरहेको छ भने- जसको कारणले बेचैनी भएको छ उसैलाई ड्राइभिङ सिटमा देखिरहेका छन्, 'उनले भने, 'अब यो गाडी तिम्ले चलाएर हुँदैन भनिरहेका छौँ। यसका लागि काम गरिरहेका छौँ।' 

थापाले केही आधारभूत कुराहरू पूरा गर्न नसक्ने सरकारमा कांग्रेस बस्न नसक्ने पनि बताए।

'हाम्रा केही आधारभूत कुराहरू छन् त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ,'उनले थप भने, 'पर्‍यो भने सरकारबाट बाहिरजान्छौँ। यो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौँ।'

उनले गठबन्धन पनि समाधानको उपाए नभएको बताए। 'गठबन्धन भनेको मिलेर जाउँ भनेको मिलेर खाउँ भनेको जस्तो भयो। चुनावअघिको चुनावपछिको दुवै' उनले भने। 

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा पुन:सक्रिय भएको विषयमा आपत्ति जनाए। 

'पूर्वराष्ट्रपति अहिले राजनीतिक मैदानमा आउनु भएको छ। तर कांग्रेसले भन्नुपर्छ। कांग्रेसको सदस्य भएको व्यक्ति राष्ट्रपति बनेपछि पदको गरीमा राख्नुपर्छ। रामवरण यादवले राखिराख्नु भएको छ' थापाले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad