राजनीति


७ पटक शिक्षकको सुविधा बढाएको एमालेलाई बदनाम गर्ने प्रयास भइरहेको छ : पोखरेल

७ पटक शिक्षकको सुविधा बढाएको एमालेलाई बदनाम गर्ने प्रयास भइरहेको छ : पोखरेल

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १७:४, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षक र कर्मचारीको तलव ७ पटकसम्म बढाएको दाबी गरेका छन्।

बिहीबार एमालेले काठमाडौँमा आयोजना गरेको 'युथ सेलिब्रेसन' कार्यक्रमलाई सम्बोधन गर्दै उनले सधै शिक्षक र कर्मचारीका पक्षमा रहेको एमालेलाई अहिले बदनाम गर्ने प्रयास भएको समेत टिप्पणी गरे।

‘शिक्षकहरु र कर्मचारीहरुको तलव, सेवा वृद्धि कतिपटक भयो भनेर सोध्नुभयो भने कम्तिमा आठ पटक सुविधा वृद्धि भयो होला बहुदलीय व्यवस्था स्थापना पछाडि,’ पोखरेलले भने, ‘सात पटक त नेकपा एमालेले मात्रै सुविधा बढाउने काम गरेको छ।'

उनले थपे, 'आज एमाले शिक्षक विरोधी भनेर प्रचार गर्न खोजिँदैछ। एमाले त कर्मचारी विरोधी। जसले सधै शिक्षकका पक्षमा, कर्मचारीका पक्षमा, पेशाकर्मीका पक्षमा काम गरेको छ। त्यो पार्टीलाई बदनाम गर्ने प्रयास भइरहेको छ।’

उनले यसप्रति एमाले युवाहरुलाई सेचत र होसियार हुन समेत आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad