राजनीति


माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार ८:२७, काठमाडौँ

माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेको छ।

भोलिदेखि सुरु हुन लागेको संसद्को बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल गर्न माओवादीले संसदीय दलको बैठक बोलाएको हो। 

संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसद्‍मा पार्टीले खेल्ने भूमिकाका सम्बन्धमा बैठकमा छलफल भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए। 

शिक्षा ऐन तत्कालै जारी गर्नुपर्ने माग राखेर शिक्षकहरुले विगत २२ दिनदेखि काठमाडौँमा निरन्तर आन्दोलन गर्दै आएका छन्। शिक्षकको आन्दोलनप्रति माओवादी केन्द्रले समर्थन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad