समाज


वैशाख १२ को भूकम्प: बारपाकमा भोलि सार्वजनिक बिदा

वैशाख १२ को भूकम्प: बारपाकमा भोलि सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार ८:४२, काठमाडौँ

गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले भोलि (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

२०७२ साल वैशाख १२ गते बारपाक केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पको स्मृतिमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गते पालिकाभित्रका सरकारी, गैरसरकारी संस्थाका कार्यालय, विद्यालय तथा स्वास्थ्य चौकी बन्द हुने जनाएको छ। 

२०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पले बारपाकमा सबैभन्दा बढी धनजनको क्षति पुगेको थियो। 

त्यसयता हरेक वर्ष पारपाक गाउँपालिकाले वैशाख १२ गते कार्यक्रम गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad