राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनरत शिक्षकका माग तत्काल सम्बोधन गरी विद्यालय भर्ना र कक्षा १२ को परीक्षा नरोकिने वातावरण बनाउन सरकारसँग माग गरेको छ।
‘हाल काठमाडौँमा भइरहेको शिक्षकहरूको आन्दोलनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि राप्रपाले भनेको छ, ‘शिक्षकहरूको माग तत्काल सम्बोधन गरी विद्यालय भर्ना कार्यक्रम एवं नजिकै आइरहेको कक्षा १२ को परीक्षा नरोकिने व्यवस्था गर्न राप्रपा सरकारसँग माग गर्दछ।’


48
Shares

प्रतिक्रिया