उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यको निरीक्षण गरेका छन्।
बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरिक्षण गर्दै तोकिएको समयभित्रै प्यारापिट निर्माण हुने विश्वास समेत व्यक्त गरे।
निरिक्षणका क्रममा ठेकेदारकम्पनीका प्रतिनिधिहरूले प्यारापिट निर्माण कार्यको प्रगतिका बारेमा जानकारी गराएका थिए। सिंहले वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कामअघि बढिरहेको बताए।
ठेकेदार कम्पनीले तीन सिफ्टमा काम गरिरहेको भन्दै उनले आवश्यक परे जनशक्ति थप गरेर भएपनि तोकिएको समयमा नै काम सम्पन्न गर्नुपर्नेमा आफूले जोड दिएको उल्लेख गरे।
कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो। झरी परिरहेकै बेला उपप्रधानमन्त्री सिंह कीर्तिपुर पुगेका थिए।



Shares

प्रतिक्रिया