राजनीति


कांग्रेस-एमाले कार्यदल र उच्चस्तरीय संयन्त्रका बैठक आज एकै दिन

कांग्रेस-एमाले कार्यदल र उच्चस्तरीय संयन्त्रका बैठक आज एकै दिन

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८२ बुधबार १३:५६, काठमाडौँ

सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र र कार्यदल दुवैका बैठक आज (बुधबार) एकै दिन बस्ने भएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार दुवै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बेग्लाबेग्लै समयमा बस्ने भएका हुन्। 

कार्यदलको बैठक साँझ ५ बजे र यो सकिएलगत्तै साँझ ६:३० बजे उच्चस्तरीय संयन्त्रको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उच्चस्तरीय संयन्त्रमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्। कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्।

कार्यदलमा भने ओली र देउवाबाहेकका नेताहरू छन्।

संविधान संशोधन, संसद्मा विचाराधीन विधेयकलाई अघि बढाउन र सरकारको सेवाप्रवाहसँग सम्बन्धित रहेर सुझाव पेस गर्ने गरी छुट्टाछुट्टै कार्यदल बनाइएको छ।

सरकारका कामकारबाहीप्रति सत्ता साझेदार दल नेपाली कांग्रेसकै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताले असन्तुष्टि जनाइरहेका बेला सत्ताधारी दुई दलले कार्यदल र संयन्त्र दुवैका बैठक राख्न लागेका हुन्। 

यसअघि मंगलबार बिहान बालुवाटारमै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। भेटमा दुई नेताबीच सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad