राजनीति


बिचौलियाको पहुँच प्रधानमन्त्री र नेतृत्वको बेडरुमसम्मै पुग्यो: गगन थापा

बिचौलियाको पहुँच प्रधानमन्त्री र नेतृत्वको बेडरुमसम्मै पुग्यो: गगन थापा

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १२:३२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्मै हुने गरेको बताएका छन्। मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिलेको अर्थतन्त्रमा बिचौलायाको कारण समस्या आएको बताएका हुन्।  
 
‘प्राइभेट सेक्टर र बिचौलिया भनेको फरक कुरा हो। हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो,' उनले भने, 'म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो। नेतृत्वको बेडरुमसम्म हुने भयो।' 

उनले राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा खुला रुपमै बिचौलियाको उम्मेदवार भनिने अवस्था आउनु दुखद् भएको बताए। 

'मलाई अहिलेसम्म थाहा थिएन। पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि भन्नेकुरा हुन्थ्यो,' उनले भने, 'अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने, छलफल हुने अवस्था आउनु भनेको हामी कहाँनेर पुग्यौँ?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad