राजनीति


दुई ठूला पार्टी मिलेर सरकार बनिसकेपछि केही बदलाव ल्याउने ठानेका थियौँ तर गति नै पक्रन सकेन : थापा

दुई ठूला पार्टी मिलेर सरकार बनिसकेपछि केही बदलाव ल्याउने ठानेका थियौँ तर गति नै पक्रन सकेन : थापा

फाइल तस्बिर


नेपालखबर
बैशाख २, २०८२ मंगलबार १०:५१, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकका अपेक्षा पुरा गर्नका लागि सरकारले गति लिन नसकेको बताएका छन्। 

मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको कार्यक्रममा उनले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तिब्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार काम हुन नसकेको जिकिर गरे। 

‘हामीले के ठानेका थियौँ भने दुई वटा ठूला–ठूला पार्टी मिलेर सरकार बनिसकेपछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने कुरा तत्काल प्रारम्भ गर्छौं,’ थापाले भने, ‘खासगरी गभर्नेन्समा व्यापक सुधार गर्छौं। तर बिस्तारै के लान थालेको छ भने देशलाई कंकडको स्पिड चाहिएको छ। आज एउटा, भोलि एउटा, पर्सि एउटा, एउटा माहोल बनाउनुपर्नेछ, यहाँ राम्रो भएको छ भनेर। सरकार ट्याक्टरको स्पिडमा छ। मान्छेको अपेक्षाको गतिअनुसार काम हुन सकेको छैन। गति नै पक्रन सकेन।’

महमन्त्री थापाले युद्धस्तरमा काम गर्नुपर्ने भएपनि नेतृत्व तहबाट काम हुन नसकेको आरोप समेत लगाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad